FAQs Complain Problems

मनोज राई

ईमेल: 
manojrai80708@gmail.com
फोन: 
9852080708

सहिदभूमि गाउँपालिका, धनकुटाका अध्यक्ष मनोज राईको जन्म सहिदभूमि गाउँपालिका वडा नं. ६, आँधीखोला धारापानी, धनकुटामा वि.सं. २०३४ साल असार २७ गते सोमबार दिन बुबा सुवास राई र आमा बसमती राईको जेठो सुपुत्रको रुपमा भएको हो।
मनोज राईको प्रारम्भिक शिक्षा श्री ठाकुरदेवी माध्यमिक विद्यालय, आँखिसल्ला थालथाले, धनकुटा बाट सुरु भएको हो | वहाँले श्री पंचाकृष्ण मा.वि, खोकुबाट एसएलसी उतिर्ण गर्नुभयो | त्यसपछि धनकुटा बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र (आई.एड) र स्नातक (बि.एड ) तथा त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए) पुरा गर्नुभयो | विद्यार्थी जीवनमै केहि समय पत्रकारितामा संलग्न हुनुभएको वहाँ शिक्षण सँगसंगै सामाजिक र राजनीतिक चेतनाले जागरुक भई विद्यार्थी आन्दोलनमा होमिनुभयो |

वहांको परिवारमा बुबा- आमा, एकजना भाइ र बहिनि छन् | श्रीमती मनकुमारी राई शिक्षण पेसामा आवद्ध हुनुहुन्छ | वहाँका दुई छोरीहरु तथा एक जना छोरा रहेका छन् | वहाँको परिवार शिक्षित् , अनुशासित र सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्ध छन् |

मनोज राइले बि.स. २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वावियु) को सहप्रारम्भिक कमिटिको अध्यक्षका रुपमा विद्यार्थी राजनीति सुरु गर्नुभयो |
- विद्यार्थी राजनीति हुदै प्ररायुसंघ, नेपालमा वहांले लिनुभएको विभिन्न जिम्मेवारीहरु :-
मनोज राईले बि.स २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनरास्ववियु )को सहप्रारम्भिक कमिटिको अध्यक्षका रुपमा विद्यार्थी राजनीति सुरु गर्नुभयो |
- विद्यार्थी राजनीति हुँदै प्ररायुसंघ, नेपालमा वहांले लिनुभएको विभिन्न जिम्मेवारीहरु :

  • १. बि.स. २०४८ :- श्री पंचाकृष्ण मा.वि, खोकुमा अनेरास्ववियु, सह- प्रारम्भिक कमिटि अध्यक्षबाट विद्यार्थी राजनीतिमा प्रवेश,
  • २. बि.स.२०५० : प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, आँखिसल्ला गाउँ कमिटि सचिव,
  • ३. बि.स. २०५१ : अनेरास्ववियु आँखिसल्ला गाविस प्रारम्भिक कमिटिको उपध्यक्ष,
  • ४. बि.स. २०५२ : अनेरास्ववियु, इलाका नं. ५. (आँखिसल्ला खोकु र छिन्ताङ्ग) को सचिव,
  • ५. बि.स.२०५५-२०५६ : अनेरास्ववियु, धनकुटा बहुमुखी क्याम्पस को अर्डिनेशन कमिटि सदस्य,
  • ६. बि.स. २०५६-२०५७ : अनेरास्ववियु, धनकुटाको जिल्ला कमिटि सचिवलय सदस्य,
  • ७. बि.स २०५७ : अनेरास्ववियु, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य,
  • ८.बि.स. २०५७-२०५९ : प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, धनकुटा जिल्ला कमिटि सचिव,

यी सबै जिम्मेवारिहरुले वहाँलाई संगठन निर्माण, नेतृत्व विकास र राजनीतिक सिद्धान्तमा दृढ बनायो |
- राजनितिक यात्रा :
पार्टी राजनीतिक जीवनको औपचारिक सुरुआत वहांले बि.स २०५५/५/५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्यता प्राप्त गरेर भयो | त्यसपछि

  • १. बि.स २०५६-२०५८ : नेकपा (एमाले) आँखिसल्ला गाउँ कमिटी उपसचिव,
  • २. बि.स. २०५९-२०६१ : नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५ नं इलाका कमिटीको सदस्य,
  • ३. बि.स. २०६१-२०६३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले),५ नं. इलाका कमिटिको सचिव,
  • ४. बि.स २०६३-२०८१ : लगातार १८ बर्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले), धनकुटा जिल्ला कमिटिको सदस्य,

हाल वहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सल्लाहकार परिषद सदस्य हुनुहुन्छ | साथै, गाउँपालिका राष्ट्रिय महासंघको कोशी प्रदेश समितिका सदस्य र मदन भण्डारी फाउण्डेसन कोशी प्रदेश कार्य समितिको सदस्य पनि हुनुहुन्छ |
- जनप्रतिनिधिका रुपमा योगदान :
मनोज राई बि.स. २०७४ र २०७९ मा दुइपटक सहिदभूमि गाउँपालिका, धनकुटाको अध्यक्षका रुपमा निर्वाचित हुनुभएको छ | वहाँको नेतृत्वमा सहिदभूमि गाउँपालिका, धनकुटाको सामाजिक शैक्षिक, भौतिक तथा संस्कृतिक विकासमा उल्लेखनीय प्रगति भएको छ |
स्थानीय पूर्वाधार निर्माण, शैक्षिक सुधार, कृषि प्रवर्द्धन, पर्यटन सम्भावनाहरुको खोज र युवा तथा महिलाहरुका लागि कार्यक्रमहरु संचालनमा वहांले सशक्त पहल लिनुभएको छ |
- अन्य योगदानहरु:
वहाँले लामो समयसम्म श्री ठाकुरदेवी मा.विमा शिक्षण कार्यमा संलग्न रही शिक्षा क्षेत्रको सशक्तिकरणमा योगदान दिनुभएको छ | वहांले स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा समेत भूमिका खेल्दै आउनुभएको छ | वहाँको विशेष रुचि साहित्य, राजनीति र समाजसेवामा रहेको छ | विभिन्न साहित्यिक कार्यक्रममा समेत सहभागीता जनाउँदै आउभएको छ |

//