- अध्यक्ष
सहिदभूमि गाउँपालिका, धनकुटाका अध्यक्ष मनोज राईको जन्म सहिदभूमि गाउँपालिका वडा नं. ६, थलथले आँखिसल्ला , धनकुटामा वि.सं. २०३४ साल असोज २४ गते सोमबार दिन बुबा बिष्णुराज राई र आमा बासमती राईको जेठो सुपुत्रको रुपमा भएको हो।
मनोज राईको प्रारम्भिक शिक्षा श्री ठाकुरदेवी माध्यमिक विद्यालय, आँखिसल्ला थलथले, धनकुटाबाट सुरु भएको हो | वहाँले श्री पंचकृष्ण मावि खोकुबाट एसएलसी उतीर्ण गर्नुभयो | त्यसपछि धनकुटा बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र (आई.एड) र स्नातक (बि.एड ) तथा त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए) पुरा गर्नुभयो | विद्यार्थी जीवनमै केहि समय पत्रकारितामा संलग्न हुनुभएको वहाँ शिक्षण सँगसंगै सामाजिक र राजनीतिक चेतनाले जागरुक भई विद्यार्थी आन्दोलनमा होमिनुभयो |
वहाँको परिवारमा बुबा- आमा, एकजना भाइ र बहिनी छन् | श्रीमती मनकुमारी राई शिक्षण पेसामा आवद्ध हुनुहुन्छ | वहाँका दुई छोरीहरु तथा एक छोरा रहेका छन् | वहाँको परिवार शिक्षित, अनुशासित र सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्ध छन् |
मनोज राईले विसं. २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को सहप्रारम्भिक कमिटीको अध्यक्षका रुपमा विद्यार्थी राजनीति सुरु गर्नुभयो |
- विद्यार्थी राजनीति हुँदै प्ररायुसंघ, नेपालमा वहाँले लिनुभएको विभिन्न जिम्मेवारीहरु :-
- १.विसं २०४८ :- श्री पंचकृष्ण मावि, खोकुमा अनेरास्ववियु, सह- प्रारम्भिक कमिटी अध्यक्षबाट विद्यार्थी राजनीतिमा प्रवेश,
- २.विसं.२०५० : प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, आँखिसल्ला गाउँ कमिटी सचिव,
- ३. विसं. २०५१ : अनेरास्ववियु आँखिसल्ला गाविस प्रारम्भिक कमिटीको उपध्यक्ष,
- ४. विसं. २०५२ : अनेरास्ववियु, इलाका नं. ५. (आँखिसल्ला खोकु र छिन्ताङ्ग) को सचिव,
- ५. विसं. २०५५-२०५६ : अनेरास्ववियु, धनकुटा बहुमुखी क्याम्पस को अर्डिनेशन कमिटी सदस्य,
- ६. विसं. २०५६-२०५७ : अनेरास्ववियु, धनकुटाको जिल्ला कमिटी सचिवलय सदस्य,
- ७. विसं. २०५७ : अनेरास्ववियु, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य,
- ८. विसं. २०५७-२०५९ : प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, धनकुटा जिल्ला कमिटी सचिव,
यी सबै जिम्मेवारिहरुले वहाँलाई संगठन निर्माण, नेतृत्व विकास र राजनीतिक सिद्धान्तमा दृढ बनायो |
- राजनीतिक यात्रा : पार्टी राजनीतिक जीवनको औपचारिक सुरुआत वहाँले विसं. २०५५/५/५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्यता प्राप्त गरेर भयो |
त्यसपछि,
- १. विसं. २०५६-२०५८ : नेकपा (एमाले) आँखिसल्ला गाउँ कमिटी उपसचिव,
- २. विसं. २०५९-२०६१ : नेपाल कम्युनिष्ट पार्टी (एमाले), ५ नं इलाका कमिटीको सदस्य,
- ३. विसं. २०६१-२०६३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले),५ नं. इलाका कमिtटीको सचिव,
- ४ .विसं. २०६३-२०८१ : लगातार १८ बर्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले), धनकुटा जिल्ला कमिटीको सदस्य,
- ५ विसं. २०८१-२०८३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सल्लाहकार परिषद सदस्य
-
हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी सदस्यच तथा स्थानीय तह विभाग सचिवको जिम्मेवारीमा हुनुहुन्छ | साथै, गाउँपालिका राष्ट्रिय महासंघको कोशी प्रदेश समितिका सदस्य र मदन भण्डारी फाउण्डेसन कोशी प्रदेश कार्य समितिको सदस्य पनि हुनुहुन्छ |
- जनप्रतिनिधिका रुपमा योगदान : मनोज राई विसं.. २०७४ - २०७९ (पहिलो कार्यकाल ) र २०७९- हालसम्म (दोस्रो कार्यकाल) सहिदभूमि गाउँपालिका, धनकुटाको अध्यक्षका रुपमा निर्वाचित हुनुभएको छ | वहाँको नेतृत्वमा सहिदभूमि गाउँपालिका, धनकुटाको सामाजिक शैक्षिक, भौतिक तथा संस्कृतिक विकासमा उल्लेखनीय प्रगति भएको छ |
स्थानीय पूर्वाधार निर्माण, शैक्षिक सुधार, कृषि प्रवर्द्धन, पर्यटन सम्भावनाहरुको खोज र युवा तथा महिलाहरुका लागि कार्यक्रमहरु संचालनमा वहाँले सशक्त पहल लिनुभएको छ |
- अन्य योगदानहरु:वहाँले लामो समयसम्म श्री ठाकुरदेवी माविमा शिक्षण कार्यमा संलग्न रही शिक्षा क्षेत्रको सशक्तिकरणमा योगदान दिनुभएको छ | वहाँले स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा समेत भूमिका खेल्दै आउनुभएको छ | वहाँको विशेष रुचि साहित्य, राजनीति र समाजसेवामा रहेको छ | विभिन्न साहित्यिक कार्यक्रममा समेत सहभागीता जनाउँदै आउनुभएको छ |
