FAQs Complain Problems

१ नं वडा कार्यालय

वडा अध्यक्ष :

रमेश राई 

९८४२२२०६६१

वडा सदस्य :

१.राधिका गुरुङ दुलाल
९८४८६९०३८० 

२.बाबुराम राई
  ९८४२२१५५५६ 

३.सिता राई 
  ९८४०११६९८३

४.देवल राई
    ९८००९९८४५५

वडा सचिव:

खिर प्रसाद राई 

९८५२०८०१०१

सहिदभूमि गाउँपालिका वडा नं १ साविक छिन्ताङ गाविसको वडा नं ८ र ९ मिलेर बनेको हो | माछाको आकारमा रहेको यस वडालाई अरुण र तमोर नदीले छोएको छ भने यस वडाको छेत्रफल १७.२५ वर्ग कि.मी. रहेको छ | राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या २६६८ रहेको छ | जसमा पुरुषको संख्या १३४१ र महिलाको संख्या १३२७ रहेको छ | ६०४ घरधुरी रहेको यस वडामा २ वटा मा.वि., १ वटा आवि र ५ वटा प्रावि रहेका छन | यस वडाका मुख्य टोलहरु त्रिवेणी, सिम्ले, पोखरे, मझियाटोल, देउराली, रविदह, हाँङगुवा, लेकसिराङ, पाङनाम, घंघरु, भोक्राङ, सांगसोन टोल, बाहुनी खोला, सफाई, धाप, सिमले, रायोटार, बगरे, गोपालपुर, कर्कले, तित्रे, चिच्चे, सुन्तलाबारी, गुर्धुम, रातमाटे आदि हुन् | यहाँ राई, क्षेत्री, माझी, बिश्वकर्मा, लिम्बु, मगर, परियार, मिजार, भुजेल, श्रेष्ठ लगायतका जातिको बसोबास रहेको छ | सहिदभूमिको सबै भन्दा होचो स्थान त्रिवेणी दोभानको खुवालुङ क्षेत्र (समुन्द्री सतहबाट १४८ मिटर) यसै वडामा रहेको छ | यस वडाको अस्थायी केन्द्र सुन्तलाबारी(सेतीचोक) टोलमा रहेको छ | यस वडामा धाप स्वास्थ्य चौकी र त्रिवेणी सामुदायिक स्वास्थ्य इकाई रहेका छन | सुरक्षा निकायको रुपमा त्रिवेणी प्रहरी चौकी पनि रहेको छ | बर्षातको समय बाहेक सुनसरीको चतरादेखि यस वडाको त्रिवेणी र सिम्लेसम्म जेटबोटबाट आवतजावत गर्न सकिन्छ भने धरानदेखि मुलघाट हुँदै त्रिवेणी सम्म र भोजपुर हतुवागढ़ीको मचुवाटार जाने पुलसम्म चारपांग्रे मोटर गाडी गुड्ने सडक रहेको छ | यो क्षेत्र बाख्रा पालनका लागि उपयुक्त रहेको छ | अन्नबालीहरुमा मकै, कोदो, धान फल्छ भने दलहनमा मास, बोडी, गहत, सिमि फल्नुका साथै फलफुलमा आँप, लिच्चि, भुइँकटहर, रुखकटहर, केरा, नरिवल पाइन्छ | साथै तेलहनमा तोरी र फिलिङगेको खेती गरिन्छ भने कन्दमूलमा विभिन्न प्रजातिका तरुल र सिमल तरुल पाइन्छ | यस वडाका मुख्य टारहरुमा सफाईटार, गोपालपुर, कर्कले, घंघरी, पोखरे र त्रिवेणी रहेका छन | यस वडाका मुख्य धार्मिक स्थलहरुमा किरातहरुको पवित्र भूमि त्रिवेणी दोभानको खुवालुङ क्षेत्र, त्रिवेणीको गणेश पान्चायन मन्दिर, पोखरेको कबिर सत्संग, सफाइटारको शिव पान्चायन मन्दिर र संसारीथान, गोपालपुरको सरस्वती मन्दिर, गुर्धुमको सुन्दर सत्संग लगायत रहेका छन | यस वडाका पर्यटकीय स्थलहरुमा गुर्धुमको झ्यालढुँगा गुफा, हाँगुवाको पुङठुङ झरना, त्रिवेणी दोभानको खुवालुङ क्षेत्र हुन् | यस वडामा बसोबास गर्ने मानिसहरुको मुख्य चाडपर्वहरुमा दशैं, तिहार, तीज, वाढाङ्मी, साकेला उधौली उभौली, शिवरात्री आदि हुन् |

Ward Contact Number: 
-